PressReleaseModule

बाढीपिडीतका लागि एनआरएनए अस्ट्रियाद्वारा सहयोग संकलन गर्ने |

Published On: Source: NRNA Austria

हाम्रो देश नेपालमा गतहप्ता शुक्रबार रातीदेखि परेको अबिरल बर्षाका कारण नेपालको तराई, पहाडको बिभिन्न जिल्लाहरुमा बाढीपहिरोका कारण ८० भन्दा धेरैको ज्यान गएको तथा हजारौं परिवार घरबारबिहीन भएको खवरले हामी गैरआवासीय नेपालीहरु अत्यन्तै मर्माहत भएका छौं । यो दुःखद घडीमा मृतक आत्माहरुको चीरशान्तिको कामना गर्दै शोकसन्पप्त परिवारजनहरुमा हार्दिक समबेदना प्रकट गर्दछौं ।...
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आकस्मिक बैठक बसी बाढीपिडीत राहत कोष स्थापना गरेको र सबै देशमा रहेका राष्ट्रिय समन्वय परिषदहरुलाई रकम संकलन कार्यमा तिब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को खातामा पठाइसक्न अनुरोध गरेकोले NRNA-NCC Austria ले अस्ट्रियाबाट सहयोग रकम संकलन गर्ने निर्णय गरेको छ | यसकोलागि अस्ट्रियाका सबै NRNA-LCC हरु, सबै संघ संस्था लगायत नेपालीहरुलाई आफुले सकेसम्म रकम सहयोग गरी यो बिपतको घडीमा मातृभूमी र पिडीत दाजुभाई दिदीबहिनीहरुलाई सहयोगको हात अगाडी बढाउन NRNA-NCC Austria सहयोगको लागि हार्दिक अपिल गर्दछ |
साथै आधिकारिक राहत रकम संकलन समिति अर्को सुचनाद्वारा सार्वजनिक गरिने पनि यसै बिज्ञप्तिद्वारा जानकारी गराईन्छ ।
NRNA-NCC, Austria



Download