अष्ट्रियामा चम्किदै छन् विनय कार्की

Published On: Wednesday, July 2, 2014 | Source: NRNA Austria
निमेश गिरी, अष्ट्रिया – सन् २००९ मा साल्जवर्ग पुलिस क्लव अष्ट्रियामा तेक्वन्दोको तालिम शुरु गरेका विनय कार्की आजका मितिमा उक्त खेलमा आफ्नो दरीलो उपस्थिती प्रमाणित गर्न सफल भईसकेका छन् । काठमाडौ निवासी बुवा विकाश कार्की र आमा निरु कार्कीको कोखवाट वि.स. सन् २००२ मा जन्मिएका विनय ।

उनको बुवाको अष्ट्रिया वसाईसंगै उतै जन्मिएका हुन् । ७ वर्षको उमेरदेखी तेक्वन्दो खेल खेल्न शुरु गरेका कार्की हालका दिनमा त्यहाँ सम्पन्न हुने हरेक खेलमा अफ्नो सहभागीता जनाउनुका साथै प्रतिस्पर्धामा विजयी हुने गरेका छन् । उनको सफलता अष्ट्रियामा मात्र नभएर उक्त क्लवको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा पनि सहभागी हुदै पदकहरु जित्न सफल रहेका छन् । सन् २००९ वाट शुरु भएको उनको खेल यात्रा निरन्तर जारी छ । खेल यात्रासंगै उनको पोल्टामा गोल्ड, ब्रोन्ज र सिल्भर मेडलको भारी वढदै गएको छ । उनको विजय यात्रामा सन २०१० अष्ट्रियन तेक्वन्दो चेम्पियनसिपमा २ वटा रजत र १ काँस्य पदक जित्न सफल भएका थिए ।

सन् २०११मा अन्तर्राष्ट्रि च्याम्पिएनसिपमा ७ स्वर्ण, ३ काँस्य र २ रजत पदक विजेता भएका थिए । उनले यस खेलको निरन्तर यात्रामा यि पदकहरु फ्रान्स, जर्मनी र हंगेरीमा भएका प्रतियोगिताहरुमा विजयी भएर प्राप्त गर्न सफल भएका हुन् । नको निरन्तर खेल प्रतिको अभिरुची, तालिमको निरन्तरता, अनुशासीत आचरण एवं आफु र आफ्नो खेल प्रतिको आत्माविश्वस नै विजयको कारक रहेको व्यक्त गर्दछन् ।

उनि भविष्यमा ओलम्पिकमा आफ्नो उपस्थितिको अपेक्ष्या राख्नुका साथै त्याँहाको पुलिसको कार्य क्षेत्रमा कार्य गर्ने अभिरुची रहेका कुरा जाहेर गर्दछन् ।
यसै वर्षमात्र उनले यस खेल मार्फत विश्व च्याम्पियन टाईटल, अष्ट्रियन टाईटल वर्यन र जर्मनिमा प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका छन् ।उनको खेल प्रतिको लगावका कारण र उनको विजयले अव उनि अष्ट्रियामा मात्र नभएर अन्य मुलुकहरुमा अफ्नो उपस्थिती जनाउदै निरन्तर चम्किदै गएका छन् ।

Published in http://www.dcnepalevent.com/news/news.php?nid=98199