एनआरएनए अस्ट्रियाको बार्षिक खेलकुद तथा वनभोज कार्यक्रम

Published On: Saturday, August 26, 2017 | Source: NRNA Austria
२६ अगष्ट २०१७ मा एनआरएनए अष्टिया ले आयोजना गरेको पुरुष तथा महिला फुटबल प्रतियोगिता तथा बनभोज कार्यक्रम राष्ट्रिय समन्वय परिषद अष्टि्याका बर्तमान अध्यक्ष जीवन जगं कुँवरको सभापत्तित्व तथा उद्द्घाटन संयुक्त राष्ट् संघका लागी नेपाल सरकारको स्थाई प्रतिनिधि तथा महामहिम राजदूत श्री प्रकाश सुबेदीले गर्नुभएको थियो । उक्त कार्यक्रममा पुरुष महिला फुटवल साथै साना साना बालबालिका लगायत सबैलाई खेल्न मिल्ने बिभिन्न मनोरन्जनात्मक खेलहरु (जस्तै -बेलुन फुटाउने खेल,घैटो फुटाउने खेल ,चम्चामा बल राख्ने खेल आदि )पनि समावेश गरिएको थियो तर पुरुष तर्फको फ़ुटबल खेल भने समयको अभावले फाईनल हुँन सकेंन । कार्यक्रममा फुटबल लगायत सबै खेलमा पुरस्कारको ब्यबस्था पनि गरिएको थियो।
बिशेष गरि गत बर्षहरु भन्दा यस बर्ष हामीले भिएन्ना मात्र नभएर क्षेत्रिय स्तर बाट LCC Slazburg , LCC Graz र Linz Wels बाट पनि फुटबल खेल र बनभोज कार्यक्रममा समेट्न पाएकोमा कार्यक्रम सफल भएको अनुभव गरेका छैां। यस्तै क्रममा साल्जबुर्गबाट आएको सांगितीक टोलीले झनै सुनमा सुगन्ध थपिदीएकोमा सांगितीक टोलीलाई र आफ्नो कार्यब्यस्थताको बावजूद पनि कार्यक्रममा सहभागी हुनुहुने सबै अष्टि्याबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई ह्रदयदेखी नै धन्यवाद दिन चाहन्छौं।आशा गरौं आगामी बर्ष पनि यसै गरि सबैलाई समेटेर कार्यक्रम गर्न पाइनेछ।
अन्तमा कार्यक्रम तोकिएको समयभन्दा अलिकति ढिलो शुरु भएकोले सकिने बेलामा पनि सोचेको समयभन्दा केहि समय ढिलो हुन गयो जसले गर्दा अस्ट्रियाबासी नेपालीहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ ।
पुरुष तर्फको फुटवलको फाइनल खेल साल्ज्बर्गमा हुने र यसको लागि मिति र स्थान तय हुनबित्तिकै सुचना द्वारा सबैलाई जानकारी गराइने छ |