भियन्नामा तीज कार्यक्रम २०१७ सम्पन्न

Published On: Saturday, August 19, 2017 | Source: NRNA Austria
गत १९ अगष्ट शनिवारका दीन अष्ट्रीयाको राजधानी भियन्नामा नेपाली महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली महिला दिदीबहीनीहरू माँझ हरितालिका तिजको दर खाने, नाचगान गर्ने र तिजको शुभकामना आदान प्रदान गर्ने व्यवस्था गरिएको थियो । ठुलो जमातमा उपस्थित महिला दिदि बहिनीहरु रंगी चंगी पोशाकमा सजिई तीजका गीत संगीतहरु गुन्जिँदा र नृत्यहरु देख्दा कार्यक्रम नेपालकै कुनै स्थानमा भैरहेको आभास हुन्थ्यो |
कार्यक्रमलाइ सफल बनाउन एनआरएनए अस्ट्रियाले सक्रिय भूमिका खेलेको थियो | कार्यक्रममा उपस्थित सम्पूर्ण अष्ट्रियाबासी महिला दिदि बहिनीहरुलाई एनआरएनए अस्ट्रिया धन्यवाद ज्ञापन गर्दछ |