७ अगस्ट को दिन NRNA LCC साल्जवुर्ग द्धारा अष्टियाको साल्जवुर्ग मा समर पिकनीक को आयोजना

Published On: Tuesday, August 8, 2017 | Source: NRNA Austria
हिजो सोमवार ७ अगस्ट को दिन NRNA LCC साल्जवुर्ग द्धारा अष्टियाको साल्जवुर्ग मा समर पिकनीक को आयोजना गरिएको थियो। उक्त पिकनीकमा भीएन्नाबाट पनि राम्रो सहभागिता रहेको थियो। साल्वुर्गबासीले बिभिन्न रमाइला खेलहरुको साथै सबै भीएन्नाका NRNA-NCC पधाधिकारी र सदस्य लगायत त्यहाँका सबै NRNA Lcc Salzburg सदस्यहरुको पनि सवैको माँझ परिचय तथा सम्मान कार्यक्रम आयोजना गर्नुको साथै स्वादिष्ट भोजनको ब्यबस्था पनि गरिएको थियो । कार्यक्रममा बिशेष गरी भीएन्ना बासीलाई नै मध्य नजर गरेर बिभिन्न रमाइला खेलहरु पनि खेलाइएको थियो । हिजोको दिन एकदम रमाइलो संग बित्यो र हामीले भरपुर मनोरंजन लिन सफल भयौ । त्यसको लागी आयोजक टिमलाई भीएन्ना बासी हिर्दय देखी नै धन्यवाद दिन चाहन्छ। कार्यक्रम मा NRNA Austria लाई कसरी सामूहिक रुपमा अगाडी बढाउन सकीन्छ भन्ने बिषयमा हाम्रा NRNA-NCC का पदाधिकारी तथा सदस्यहरुलाई पनि आफनो विचार राख्ने मौक़ा दिनुभएको थियो। कार्यक्रमको अन्तमा बिभिन्न खेल मा बिजय हुनेलाई पुरस्कारको पनि आयोजना गरिएको थियो।
अन्तमा , फेरि फेरि पनि यस्तै कार्यक्रमहरु भीएन्ना लगायत अरु क्षेत्रमा आयोजना हुने र सबै ठाउँका नेपालीहरुको भेटघाटको साथै समस्याहरु पनि अगाडी ल्याउन सजिलो हुने थियो र आशा गरौं भविष्यमा अवस्य पनि यस्ता कार्यक्रमहरु हुनेछन।