तिरोलमा ०७ जुलाई २०१७ का दिन सर्बसम्मतीबाट कार्यसमिति

Published On: Sunday, August 13, 2017 | Source: NRNA Austria
अस्ट्रियाको शहर तिरोलमा ०७ जुलाई २०१७ का दिन सर्बसम्मतीबाट (२०१७-२०१९)का लागी चयन भएको एन.आर.एन क्षेत्रीय कार्यसमिति तिरोल अस्ट्रियाको बैधानिकताको लागी ८ जुलाईमा एन.आर.एन अस्ट्रियामा आएको आबेदन अनुसार मिति १३ अगस्ट २०१७ का दिन एन.आर.एन अस्ट्रियाका अध्यक्ष श्री जीवन जंग कुँवरले तिरोलमा भएको अधिबेशनबाट बैधानिकता दिदै नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो। उक्त अबसरमा एन.आर.एन अस्ट्रियाका उपध्यक्ष श्री मनोज बिष्ट ज्यु .सदस्य बुद्धि बहादुर तामाङ ज्यु र साल्जबुर्ग क्षेत्रीय कमिटीका युवा समयोजक ददि राम नेपाल सदस्य शिब खड्का र अन्य नेपालीहरुको उपस्तिथि रहेको थियोे ।सो कार्यक्रमको सभापतित्व बर्तमान तिरोल क्षेत्रीय अध्यक्ष श्री आङ कामी शेर्पाले गर्नु भएको थियो भने कार्यक्रमको संन्चालन सगस्थापक आई. सि. सि. सदस्य श्री दीपेन्द्र हिमालयन कार्की ज्युले गर्नु भएको थियो।