अस्ट्रियामा पहिलो पटक महिलाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Published On: Saturday, July 22, 2017 | Source: NRNA Austria

२२ जुलाई २०१७ राजधानी भियन्नाको नेसास कार्यालयमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अस्ट्रियाको आयोजनामा एनआरएनएको आसन्न(आउदो ) १० औं र ८ औं महिला युरोप क्षेत्रीय सम्मेलनलाई लक्षित गरेर महिलाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा अस्ट्रियाका बिभिन्न संघ संस्थाका महिला दिदि बहिनीहरुले प्रतिनिधित्व गर्नु भएको थियो। कार्यक्रम संस्थाका महिला उपाध्यक्ष श्रीमती निरा लामिछानेको सभापति...त्वमा सम्पन्न भएको थियो भने प्रमुख अथिति NRNA-NCC अस्ट्रिया अध्यक्ष श्री जीवन जंग कुँवर हुनुहुन्थ्यो । आमन्त्रित अथितिहरुमा NRNA-ICC सदस्य श्री शिव सापकोटा बिशेष अथिति, संस्थाका निवर्तमान अध्यक्ष श्री धर्म राज खतिवडा, नेसास उपाध्यक्ष श्रीमती मन्जु खड्का, आदिवासी जनजाती महासंघ अस्ट्रियाका कोषाध्यक्ष आशा थापा हुनुहुन्थ्यो भने कार्यक्रमको संयोजन तथा संचालन NCC महिला संयोजक श्रीमती भवानी तिवारीले गर्नु भएको थियो । । कार्यक्रममा उपस्थित महानुभावहरुलाई सचिव सम्झना गिरीले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो भने सदस्य प्रश्ना निरौला र सचिव श्रीमती निता चौंलागाइँले मन्तव्य र सुझाव व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा प्रमुख अथिति, बिशेष अथिति, निवर्तमान अध्यक्ष र मंचमा आसिन संघ संस्थाका प्रतिनिधि ज्यूहरुले सम्वोधन गर्नु भएको थियो । दोस्रो चरणको कार्यक्रम अन्तर्गत उपस्थित महिला दिदि बहिनीहरुको सुझाव तथा प्रस्नहरुको उत्तर दिने क्रममा स्वयम् कार्यक्रम संचालिका, प्रमुख अथिति र बिशेष अथिति ज्यूहरुले अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यको बारेमा स्पष्ट पार्नु भएको थियो।
कार्यक्रममा उपस्थित नेपाली दिदि बहिनिहरुले सुझाव दिनुको साथै युरोप सम्मेलनमा NRNA-NCC अस्ट्रियाले लिएर जाँदै गरेको एजेन्डाहरुको बारेमा पनि जानकारी माग गरेका थिए । साथै बिगतका कमि कमजोरीहरुलाई सुधार्दै नेपाल र नेपाली समाजको निम्ति सबै संघ संस्थाहरु मिलेर काम गरौ भन्ने सल्लाह दिनु भएको थियो निलम सिन्चुरी ज्युले ।
करिव दुई घण्टा चलेको अन्तरक्रिया कार्यक्रमलाई औपचारिक रुपमा कार्यक्रमका सभापति श्रीमती निरा लामिछानेले मन्तव्यको साथ समापन गर्नु भएको थियो ।