अस्ट्रियाको राजधानी भियनामा एन. आर. एन. अस्ट्रियाको संयोजकत्वमा २५६२ औँ बुद्ध जयन्ति भब्य रुपमा सम्पन्न

Published On: Tuesday, May 1, 2018 | Source: NRNA Austria
· 
       आज अस्ट्रियाको राजधानी भियनामा एन. आर. एन. अस्ट्रियाको संयोजकत्वमा २५६२ औँ बुद्ध जयन्ति भब्य रुपमा मनाइयो
 एन.आर. एन. अस्ट्रियाको तर्फबाट ध्रुव पौडेलले संयोजन गर्नुभएको उक्त कार्यक्रममा बुद्धको पूजा गर्नुका साथै बुद्ध सम्बन्धि "ब्रोसर" बाँडिएको थियो। छिमेकी देश हंगेरिबाट एन.आर. एन. हंगेरीका अध्यक्ष श्री सुरेन्द्र श्रेष्ठ ज्यु उपस्थिति जनाउनु भएको सो कार्यक्रममा एन.आर. एन. अस्ट्रियाका स्थानीय इकाईका प्रतिनिधिका साथै बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो साथै, उक्त कार्यक्रममा नेपाली राजदुतावास भियनाको तर्फबाट कन्सुलर अम्बर ब. कार्की पनि उपस्थित हुनुहुन्थ्यो
उक्त कार्यक्रममा एन.आर. एन. अस्ट्रियाका उपाध्यक्ष मनोज विष्ट एवं ध्रुव पौडेल ज्यु ले गोरखा बारपाकका अनाथ बिद्यार्थी आशी परियारको लालनपालनका साथै सम्पूर्ण शिक्षा-दीक्षाकोको जिम्मा लिनुहुने कुराको घोषणा गर्नुभएको छ एन.आर. एन. अस्ट्रियाको  मनोजजी र ध्रुवजीलाई  धेरै धेरै हार्दिक धन्यवाद ज्ञापन गर्दै सो कार्यक्रममा विभिन्न रुपमा आर्थिक सहयोग गरिदिनुहुने नेपाली दाजुभाइ-दिदीबहिहिनीहरु एवं उपस्थित भई हौसला बढाइदिनुहोने अन्य नेपालीजनहरु प्रति पनि एन.आर. एन. अस्ट्रिया परिवार कृतज्ञ छ
प्रस्तुत छ एन.आर. एन. अस्ट्रियाले पहिलोचोटि सम्पन्न गरेको बुद्धजयन्तिको अवसरमा क्यामरामा कैद गरिएका शब्द चित्रका केहि झलकहरु: