अष्ट्रीयामा तेह्रौ वार्षिक साधारण सभा सम्पन्न

Event Date: 02 Mar 2017 | Source: NRNA Austria
 

17160604_1227147620667504_1865515653_n       

 

           गैर आवासीय नेपाली संघ राष्टिय सामुन्य परिषद अष्ट्रीयाको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा नेपालका लागि अष्ट्रियाका संयुक्त राष्टसंघका स्थायी प्रतिनिधि महामहिम श्री प्रकाशकुमार सुवेदी ज्यु, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त ज्यु लगायतको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम सुवेदी ज्युले „विशेष नेपाल सरकारले भियनामा भएको संयुक्त राष्टसंघको निकै महत्वपूर्ण निकायमा नेपालको प्रतिनिधि रुपमा आउनुभएको र छिट्टै अष्ट्रीया बसी गैर आवासीय नेपाली लाई पनि सेवा दिने पहल गरिरहनु भएको“ बताउनु भयो। एनआरएन अष्ट्रियाले पेस गरेको १५-१७ को वार्षिक कार्यक्रम तथा आर्थिक कारोबार पारदशी लाई नियल्दै संघ ले गरेको कार्यलाई सबैले कदर गर्नु पर्ने भन्दै बधाई दिनु भयो। भर्खरै अष्ट्रीयामा उपस्थीत जनाएको नियोगको वेवास्थित कार्यालय नहुन्जेल उहाले सकेको सहयोग गर्नु हुने प्रतिबद्धता जनाउदै हालको अस्थाई कार्यालयको र उहाको आफ्नो मोबाइल नम्बर उपलब्ध गराउनु भयो। (Landstraßehauptstrasse 71a 1030 wien +436763376721)

एनआरएनए उपाध्यक्ष श्री कुमार पन्त ज्युले नेपालमा लगानी गर्न सही समय भएको भन्दै विश्वभर छरिएर रहेका नेपालीले सिकेको ज्ञान, सीप र पूँजी स्वदेश फर्काउन आह्वान गर्नु भयो। एनआरएन अभियानका पुराना दिन सम्झँदै उपाध्यक्ष पन्तले १४ वर्ष अगाडि संस्था स्थापना हुँदा करिब २० लाख नेपाली मात्र देशबाहिर रहेको र अहिले ५० लाखभन्दा बढी नेपाली खास गरि युवा, दक्ष्य जनशक्ती बाहिर रहेको जानकारी गराउदै नेपाल सम्वृद्धको लागि आ-आफ्नो ठाउँ बाट सक्दो सहायो गर्नु पर्ने बताउनु भयो। सहयोग भन्नले आर्थिक मात्र नभई विदेशमा सिकेको सिप , ज्ञान, शिक्षा, प्रबिधि,अनुभव …… रहेको प्रस्ट्याउनु भयो।

उपाध्यक्ष पन्त ज्युले एनआरएन अष्ट्रियाको बिधन संसोधन तथा थप बिभिन्न बिषयमा गेरेको प्रश्न सरल तरिकाले उत्तर दिदै विश्वका गैर आवासीय नेपाली एक भएर नेपालको सम्वृद्धमा लग्नु पर्ने बताउनु भयो।

एनआरएनए आइसीसी सदस्य रविचन्द्र भट्टराईले सञ्चालन गरेको कार्यक्रमको सभापति एनआरएन अष्ट्रियाका अध्यक्ष श्री धर्मराज खतिवडाले गर्नु भएको थियो।भने, संघका महासचिव गोपाल बाबू श्रेष्ठले बार्षिक गतीबिधि प्रस्तुत गर्नु भएको थियो भने, कोषाध्यक्ष बिनोद खड्काले आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो। विधान संशोधन प्रस्ताव संघका युवा संयोजक तथा बिधन संसोधन सदस्य डा. सुर्य पौडेलले प्रस्तुत गर्नु भएको थियो। महिला संयोजक निता चौलागाईंले डोटीमा अन्तराष्ट्रिय गैर अावासीय नेपाली संघकाे महिला फाेरमले गरी रहेको महिलाहरूकाे अाङ्ग खस्ने राेग निवारणको लागि बिभिन्न ठाउँहरूमा रखिएको मेडिकल क्याप को लागि जुटाई रहेको आर्थिक सहयोग मा भाग लिनको लागि अपिल गरेको थियो। पेस गरेको बिधन संसोधन प्रस्तावका केहि बुदा हेरफेर गरि बहुमतले सम्पूर्ण प्रतिवेदन पारित गरेको छ।

गैर आवासीय नेपाली संघ राष्टिय सामुन्य परिषद अष्ट्रीयाको तेह्रौ वार्षिक साधारण सभामा भाग लिनु भइ आ-आफ्नो विचार, सुझाब, सहयोग र धेरै अमुल्य समय दिनु भएकोमा गैर आवासीय नेपाली संघ राष्टिय सामुन्य परिषद अष्ट्रीया हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछ।